२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीलाई पार्टीबाट असहयोग भएको छैन: भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandra-bhandari

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारलाई पार्टीबाट सहयोग नभएको आरोप निराधार रहेको बताउनुभएको छ ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेता भण्डारीले प्रधानमन्त्री सुशील कोइराला अहिले सबैको सहयोगमा अघि बढिरहेको दावी गर्नुभयो ।

सम्पत्ति विहीन त्यागी ब्यक्तिको नेतृत्वमा बनेको सरकारले ६५ अर्बको सहयोग अनुदान भित्राएको, राष्ट्रिय सम्पत्तिको दुरुपयोग नगरेको, २१ वटा अध्यादेशलाई विद्येयकको रुपमा ससदमा पेश गरेको लगायतका कारण सरकार र प्र्रधानमन्त्री सफल भएको दावी उहाँले गर्नुभयो ।

भण्डारीले स्वच्छ व्यक्तित्वलाई मन्त्री बनाएको र जम्बो मन्त्री परिषद नबनाएकोले पनि सरकारलाई सफल हुन बातावरण मिलेको तर्क गर्नुभयो ।

मन्त्री परिषदबाट मनोनित हुने २६ सभासदहरुको मनोनयन सर्वोच्च अदालतको आदेश अनुसार नै हुनु पर्नेमा जोड दिदै उहाँले न्यायपरिषद र ससदीय सुनुवाई समितिको टकरावमा आरोपी न्यायाधिशले सफाईको मौका नपाएकोमा गुनासो समेत गर्नुभयो ।

अहिलेका सिफारिस ब्यक्तिहरु पनि कानून ब्यवसायबाटै आएकोले बाकिलहरुले एक अर्कालाई चिन्ने भएकोले उजुरी आउनु स्वभाविक भएको तर्क उहाँको छ ।