२१ कार्तिक २०८३, शनिबार

नवलपुर काङ्ग्रेसको चियापान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महत सहभागी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे ।
कात्तिक १६, कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य तिलक महत सहभागी भएका छन् ।

काङ्ग्रेसले शुक्रबार देशैभर कार्यक्रमको आयोजना गरेको हो । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले नवलपुरको बिकासका लागि सबै एकजुट हुनुको बिकल्प नभएको बताए ।

उनले चुनाबका बेला नवलपुर २ का आफ्ना प्रतिस्पर्धि बिष्णु कार्की भएपनी अब जनताले आफुलाई ५ वर्षको अभिमत दिएकाले सबैको सहयोगबाट नै नवलपुरको बिकासका लागि सबैले साझा प्रतिबद्धता ब्यक्त गर्नुपर्ने धारणा राखे ।

चियापान कार्यक्रममा स्थानिय कलाकारहरुको साङ्गितिक प्रस्तुती रहेको थियो ।