२१ कार्तिक २०८३, शनिबार

मदिरा सेवनपछि भएको कुटपिटबाट एक जनाको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कावासोती, १६ कार्तिक । नवलपुरको डण्डामा मदिरा सेवनपछि कुटपिटबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका १६ डण्डामा गएराती मादक पदार्थ सेवन गरि कुटपिट गर्दा मध्यविन्दु चार बस्ने विष्णु थापा गम्भिर घाईते भएका थिए । उनको उपचारका क्रममा चितवनको नयाँ मेडिकल कलजेजमा आज बिहान साढे ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

डण्डामा रहेको मामाभाञ्जा होटेल एण्ड रेष्टुरेष्टमा मादक पदार्थ सेवन गरि गएराती करिब २ बजेतिर विवाद हुँदा ६ जनाको समूहले थापालाई बोतल र हुक्काले प्रहार गरेको बताइएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कावासोती १४ का २१ वर्षिय सुदिप कुमार क्षेत्री, कावासोती १६ का १७ वर्षिय अमित गुरुङ्ग , मध्यविन्दु नगरपालिका ४ का १९ वर्षिय सन्दिप क्षेत्री, हुप्सेकोट गाँउपालिका २ का ३५ वर्षिय कृष्ण भण्डारी, पश्चिम नवलपरासी रामग्राम ४ का २१ वर्षिय राजेश कुमार ठाकुर र रोल्पा लिवाङ्गका १७ वर्षिय अर्जुन पुन छन् ।