
-बिजय चालिसे
कात्तिक, १५, कावासोती । नवलपुरको कोल्हुवामा आजदेखि गैंडा संरक्षणका लागि राईनो गोल्डकप फुटबल सुरु हुने अघिल्लो दिन सोही क्षेत्रमा दुई गैंडा एक आपसमा जुध्दा एक गैंडाको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका २ सेहरी भुताहा क्षेत्रमा बुधबार साँझ ७ बजेतिर दुइ गैडा एक आपसमा जुध्दा एक गैडाको मृत्यु भएको कोल्हुवा प्रहरीले जानकारी दिएको छ ।
गैंडा चितवन राष्ट्रिय निकुञ्जको रहेको र गैंडालाई कोल्हुवामा रहेको नेपाली सेनाको बटुक दल गणमा राखिएको छ । मृत गैंडाको पोष्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज कसराबाट चिकित्सकसहितको टोली आउदै गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया