५ कार्तिक २०८३, बिहिबार

नेपाली नक्कली नोटकाण्डमा परेका यी निर्माताको तर्कले प्रहरी जिल

22.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली नक्कली नोट तस्करीको अभियोगमा पक्राउ परेर छुटेका फिल्म निर्माता माधव वाग्लेले आफूलाई प्रहरी कर्मचारीले फूलीको लोभमा फसाएको आरोप लगाएका छन् ।

केही केही महिनाअघि मात्रै वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परेर हिरा भएका थिए । उनले नक्कली नोटमा फिल्म प्रयोजनका लागि भनेर स्पष्ट लेखिएको दाबी गरेका छन् ।

नयाँ फिल्म ‘चङ्गा चेट’को प्रयोजनका लागि बनाएको नक्कली नोट प्रप्स भएको उनले बताए ।

‘मैले दुई वर्ष अगाडि कल्पना गरेको कथामा अहिले ‘चङ्गा चेट’ बन्यो’, उनले भने ‘चलचित्रको कथा जस्तै नक्कली नोट कान्डमा मेरो आफ्नो जिन्दगी चेट भयो ।’

उनले अहिले ‘चङ्गा चेट’को भने राम्रो प्रचार गर्न सकिरहेका छैनन् । नक्कली नोटको आरोपमा परेपछि आफ्नो आर्थिक अवस्था दयनीय बनेकाले चलचित्रको आवश्यक प्रचारप्रसार गर्न नसकेको उनको भनाइ छ ।

वाग्ले नक्कली नोट काण्डमा करिब ४ महिना जेल जीवन बिताएर २५ लाख घरौटी तिरेर रिहा थिए । उनी विरुद्धको मुद्धा अहिले अदालतमा विचाराधीन छ ।