२८ आश्विन २०८३, बुधबार

न्यायाधिश सिफारिस त्रुटिपूर्ण छ: पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shanker-pokhrel

काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले केही गम्भीर आरोप लागेका व्यक्तिलाई न्यायधिश सिफारिस गरिएको भन्दै त्यसको पुनरावलोकन हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमाले सचिव पोखरेलले पुनरावलोकनबाट नै अहिलेको विवादको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘न्यायपरिषदको निर्णयमा त्रुटि छ । केही राम्रा न्यायधिश सिफारिस गरे पनि केहीलाई गम्भीर आरोप लागेकोले यसमा पुनरावलोकन गरेर सच्याउनु पर्छ ।’
सरकारको सय दिनको गति सुस्त भएको भन्दै जनआकांक्षालाई संबोधन गर्ने गरि काम गर्न नसकेको दावी गरे ।

सरकार हरेक कुरामा निर्णय गरेर अघि बढ्ने भन्दा पनि वार्ता गर्ने कार्यमा मात्रै अल्झिरहेको गुनासो गर्दै उहाँ अब सरकारले आफ्नो कार्यशैलीमा गति बढाउनु पर्नेमा जोड पनि दिनुभयो ।

आन्तरिक तयारी नपुगेकोले पार्टीको नवौ महाधिवेशन आगामी असार १९ गतेको लागि सारिएको उल्लेख गर्दै उहाँले अब तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘सबै कुरा मिलिसकेको छ । केवल नेतृत्वको आकांक्षी धेरै भएकोले सांगठानिक विषय मात्रै मिलाउन बाँकी छ । त्यो मिलाउन हामि प्रयासरत छौ । छिट्टै सबै कुरा मिल्छ ।’