२१ कार्तिक २०८३, शनिबार

डडेल्धुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १४ कार्तिक । डडेल्धुरामा जिप दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् ।

जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको सीमा रडुवामा बुधबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिकाका लागि छुटेको उग्रतारा यातायताको से १ ज ३११ नम्बर को जिप दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ।

घाइतेको उद्धार गरी उपक्षेत्रीय अपस्तालमा उपचारको लागि लगिएकाे जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले बताए।