२१ कार्तिक २०८३, शनिबार

स्वर्णमहोत्सवका अवसरमा महायज्ञ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कात्तिक, १४ कावासोती । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ नवलपुरले स्वर्ण महोत्सवको अवसर पारेर धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालय परिशरमा बुधबार पत्रकार सम्मेलनमार्फत विद्यालयका प्रधानाध्यापक दिपक नाथ घिमिरेलेले स्वर्ण महोत्सवको अबसरमा आगामी मङ्सिर ११ गतेदेखि १९ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए ।

प्राविधिक शिक्षालय तथा बिज्ञान सन्काय सञ्चालनको पूर्वाधार विकास, विज्ञान र कम्प्युटर प्रयोगशालालाई बैज्ञानिक रुपमा ब्यवस्थापन गर्नेलगायतका उद्देश्य राखेर महायज्ञ गर्न लागिएको उनले बताए । वि. सं. २०२४ सालबाट त्रिभुवन बाल बिध्याश्रमको नामबाट स्थापना भएको विद्यालयले २०२६ साल मंसिर २६ गतेदेखि वैधानिक रुपमा पठनपाठन सुरु गरेको थियो ।

स्वर्ण महोत्सब एवं धन धान्यान्चल ज्ञान महायज्ञका प्रमुख कार्यक्रम अन्तर्गत मंसिर ११ गते कलश यात्रा,जगतगुरुबाट महायज्ञको उद्घाटन, १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट स्वर्णमहोत्सब र स्तम्भ अनावरण गरिने र सोही दिन प्रतिनिधि सभा सदस्य तिलक महतबाट स्मारिका लोकार्पण गर्ने कार्यक्रम रहेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुरामणी थनेतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सहभागी शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलले विद्यालयले गौरवमय ५० वर्ष पूरा गर्दै स्वर्ण महोत्सव मनाउन लागेकोमा खुसी ब्यक्त गर्दै शिक्षा बिकास तथा समन्वय ईकाईको तर्फबाट हुने सबै खाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।