२८ आश्विन २०८३, बुधबार

सहकारी संघको महाधिवेशनमा तिवारी र कँडेलको प्यानल भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari photo of news 05

काठमाडौं । राष्ट्रिय सहकारी संघको आसन्न महाधिवेशनमा दुई प्यानल लड्ने भएका छन् ।

साउन २० र २२ गते काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि अध्यक्षमा डिल्ली तिवारी र मिनराज कँडेलबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सोमबार काठमाडौंको मिडिया इन्टरनेशनलमा आयोजित कार्यक्रममा बोल्दै आगामी नेतृत्वमा अध्यक्षका प्रत्यासी तिवारीले हाल सहकारीमा देखा परेका समस्याहरुलाई समाधान गर्नुपर्ने निकै ठूलो चुनौती रहेको बताउनुभएको छ । आफू १७ बर्ष देखि सहकारीको हकहितमा लाग्दै आएको र सहकारी संघमा पनि निकै ठूलो योगदान पुराउँदै आएकाले आफू सहकारी संघको अगामी अध्यक्षका लागि लड्न योग्य रहेको उहाँले बताउनुभयो ।

सहकारी सबै क्षेत्रमा लागी आबश्यक भएता पनि आर्थिक उन्नतीको बाटोमा भने लाग्न नसकेको बताउँदै उहाँले अब सहकारीहरुले देशको अर्थतन्त्र बलियो बनाउन निकै ठूलो भमिका खेल्नुपर्ने बताउनुभयो ।

अध्यक्षका अर्का प्रत्यासी मिनराज कँडेलले हाल सहकारीमा अबसर र चुनौती दुबै रहेको बताउनुभएको छ । सहकारी संघमा आफू १८ बर्ष देखी लागि परेकाले पनि अबको नेतृत्वमा आफू निकै सहज तरिकाले अघि बढाउन सक्ने बताउनुभयो । अब हुन महाधिवेशनमा आफू योग्य रहेको र जित्नेमा पनि पक्कापक्की रहेको उहाँले बताउनुभयो ।

सहकारीका व्यक्तिहरुले आफूलाई अध्यक्षका लागि मनोनित गरे आफू आगामी नेतृत्वका लागि अध्यक्षमा लड्न तत्पर रहेको उहाँले बताउनुभयो । वित्तिय क्षेत्रमा अझै पनि २० प्रतिशत योगदान सहकारीको रहेको बताउँदै उहाँले अब सहकारीहरुले देशको तिनखम्बे अर्थनीतिलाई आत्मसात गरि अघि बढ्न आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रमा देखा परेका समस्याहरुलाई हल गर्न अब हुने राष्ट्रिय सहकारी संघको अधिवेशनबाट विजयी हुने व्यक्तिले निकै ठूलो भुमिका खेल्नुपर्ने बताउनुभयो ।

राज्यको अर्थतन्त्र बलियो बनाउन सहकारीको भूमिका अत्यन्त आबश्यक रहेको बताउँदै उहाँले एउटा सहकारी बदनाम हुँदैमा सबै सहकारी बदनाम नहुने बताउनुभयो ।