
काठमाडौँ, १३ कार्तिक । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ओलीलाई भेटपछि ट्विट गर्दै ओली हंसमुख देखिएको र ठट्टामजाक पनि गरेको बताएका छन् । यस आधारमा ओलीको स्वास्थ्य सुधार हुँदै गएको भट्टराईले बताए ।
शनिबारदेखि रुघाखोकीले ग्रस्त प्रधानमन्त्रीलाई सोमबार बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको थियो । ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन् ।
प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो!अलिकति ठट्टामजाक पनि गर्नुभो!यसको अर्थ हामीले लगायौं-वहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ! आखिर Laughter is the best medicine जो भनिन्छ! वहाँको शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना! pic.twitter.com/nL3tzkHpld
— Baburam Bhattarai (@brb1954) October 30, 2018
मंगलबार बिहान विज्ञप्ति जारी गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।
बिहान प्रधानमन्त्री ओलीको रगत परीक्षण गर्नुका साथै छातीको एक्स–रे गरिएको थियो । रिपोर्टहरु सकारात्मक रहेको अस्पताल निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ओलीको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली खटिएको छ ।















प्रतिक्रिया