
काठमाडौँ । गायक रोशन कुताल क्षेत्रीले नाचौँ नाचौँ लाग्ने तिहार गीत बजारमा ल्याएका छन् ।
क्षेत्रीको संगीत रहेको गीतमा सतिश अधिकारीको शब्द रहेको छ भने स्वरमा शान्ति सुनारले साथ दिएकी छन् ।
एसथ्री के इन्टरटेन्मेन्टले तयार उत्पादन गरेको गीतको भिडियोमा श्रीप्रसाद थापा, रीना थापा, रबिना भण्डारी र सुन्दर खवासको अभिनय रहेको छ ।
शिव विकले निर्देशन गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने रबिन विक र रमेश रसाईलीले सम्पादन गरेका छन् ।
याक इन्टरटेन्मेन्ट प्रालीले पोष्ट प्रोडक्शन गरेको छ ।















प्रतिक्रिया