कास्की, ९ कात्तिक । बिरामी र उनीहरूका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको छ ।
सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।
हैरान भएका कुरुवाहरूले अस्पतालका नर्सहरूलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरू हामी आफैं पीडित छौं पो भन्छन्’, उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’
अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।















प्रतिक्रिया