५ कार्तिक २०८३, बिहिबार

हुनेवाला पतिभन्दा यी अभिनेत्री दोब्बर धनी

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले विवाहको घोषणा गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत जारी गरेको संयुक्त विज्ञप्तिमा १४ र १५ नोभेम्बरमा वैवाहिक समारोह हुने उल्लेख छ । बलिउडका यी दुई चर्चित कलाकारको जोडी अहिले फेरि चर्चामा छ ।

उनीहरूलाई आकर्षक जोडी मात्रै नभएर शक्तिशाली जोडी पनि मानिन्छ किनकि दुवैको फ्यान फ्लोइङ ठूलो छ । त्यस्तै दुवैले केही ब्लकबस्टर फिल्म खेलेका छन् ।

पद्मावतमा काम गर्न दीपिकाले सञ्जयलीला भन्सालीसँग १२ करोड भारतीय रुपैयाँ लिएकी थिइन् । त्यसअघि उनले औसतमा प्रतिफिल्मबाट ६ देखि ७ करोड भारु मात्रै लिने गरेकी थिइन् । यस फिल्मपछि उनले हरेक प्रोजेक्टमा कम्तीमा १२ करोडको डिमान्ड गर्ने गरेकी छिन् ।

उनले विभिन्न कम्पनीको ब्रान्ड प्रोमोसनबाट ५ देखि ७ करोड रुपैयाँ लिने गरेकी छिन् । रणवीरले यस फिल्मबाट ७ देखि ८ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उनले ब्रान्ड प्रोमोसनबाट ३ देखि ४ करोड भारु लिने गरेका छन् । एजेन्सी