११ कार्तिक २०८३, बुधबार

काठमाडौं महानगर भन्छ–दशैँको फोहोर घरमै राख्नुस्, ल्याण्डफिल साइट बन्द हुन्छ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज। दशैँको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ ।

स्थानीय जनताको आग्रह र काठमाडौँ महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।

कुँवरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए ।

स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए । कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमानै व्यवस्थापन गर्न अपिल गरेको छ ।