११ कार्तिक २०८३, बुधबार

नयाँ हवाई रुट थप्न किन मानेन भारतले ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २९ असोज । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्रविधिकको वार्ताबाट टुंगिएन ।’

उनका अनुसार नेपालले मागेको हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमित दिन नसकिने जनाएको हो ।

प्राविधिक तहको उक्त एक दिने बैठक बिहिबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो ।