११ कार्तिक २०८३, बुधबार

दशैँको मुखमा पेट्रोल पम्पमा लाइन, आयल निगमको लापरबाही

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ ।

तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो ।

त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो, आजको नयाँ पत्रिकामा खबर छ । शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए ।

आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ ।