११ कार्तिक २०८३, बुधबार

यी वृद्धाका हत्यारा सानसँग घुम्दै, प्रहरीले फेलै पार्न सकेन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ असोज । बोक्साको आरोपमा पटकपटक अपमानित हुँदै आएका एक वृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको पन्ध्र महिना बित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छैन ।

रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ वर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतवर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।