५ कार्तिक २०८३, बिहिबार

अवार्डमा कब्जा जमाएपछि कसलाई सम्झिइन् भूमिकाले ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका भूमिका गिरीले कालिका म्युजिक अवार्ड पाएकी छिन् । चितवनको भरतपुरमा आयोजित विशेष समारोहमा भूमिकाले उत्कृष्ट लोकदोहोरी महिला गायिकाको पुरस्कार हातपार्न सफल भएकी हुन् ।

कालिका म्युजिक अवार्ड पाएपछि गायिका भूमिकाले आफूभित्र नयाँ उत्साह थपिएको प्रतिक्रिया दिएकी छिन् । ‘गह भरिएका छन् । अझै सपना मै छु जस्तो लागिरहेको छ’, उनले भनेकी छिन्, ‘मलाई कालिका म्युजिक अवार्ड दिएकोमा सबैलाई धन्यावाद दिन्छु ।’

कालिका म्युजिक अवार्डमा जज र आयोजकसहित परिवारप्रति पनि उनले धन्यावाद दिएकी छिन् । गायिका भूमिकाले भनेकी छिन्, ‘मलाई यो स्थानमा पु-याउन सहयोग गर्ने तपाइँ भगवानरुपी दर्शकहरूमा पनि लाख–लाख धन्यवाद छ ।’