११ कार्तिक २०८३, बुधबार

यी हुन् अवैध असुली गरेर पक्राउ पर्ने प्रहरीहरू

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । ३१ भदौमा एकैपटक कोटेश्वर, काँडाघारी तथा नयाँठिमी प्रभागका ९ प्रहरी घुससहित पक्राउ परे । उनीहरूमाथि अनुसन्धान गर्दा थप २ प्रहरीले ‘लाइन मिलाएर’ पैसा लिने गरेको खुल्यो ।

सइ गोविन्द खरेल, ज्योति विष्ट, असइहरू गोपाल श्रेष्ठ र सुवास ढुंगाना, प्रहरी हवल्दारहरू उमेशलाल यादव, अमन चौधरी र दीपक भारती तथा प्रहरी जवानहरू मुकेशकुमार पटेल, दीपेन्द्र कुँवर, मानसिंह रोका र रत्नप्रसाद रिजाल पक्राउ परेका थिए । उनीहरूले पनि बालुवा व्यापारीसँग मासिक पैसा लिने गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

५ मंसिरमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्र्कका प्रमुख इन्स्पेक्टर हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ परे । उनी ठूलै नेताको सोर्सफोर्स लगाएर त्यहाँ सरुवा भएका थिए । नयाँबसपार्क क्षेत्रका होटेल तथा लजसँग मासिक लिने दररेट उनले बढाएका थिए । असन्तुष्ट बनेका स्थानीय एक लजका सञ्चालकले अख्तियारलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए ।

गतवर्ष असोजमा बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी तथा असइ चन्द्रसिंह भाट पक्राउ परेका थिए । उनले नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ५ लाख रुपैयाँ घुस लिएर छाडेको अनुसन्धानमा खुल्यो ।

त्यस्तै, बानेश्वर वृत्तका डिएसपी रमेश तामाङ जग्गा विवादमा सहयोग गरिदिने भन्दै घुस लिँदा पक्राउ परे । ८ माघ ०७१ मा उनी ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । १२ साउन ०६९ मा थानकोट वृत्तका डिएसपी तेजेन्द्र पौडेल ३५ हजार घुससहित पक्राउ परेका थिए ।