११ कार्तिक २०८३, बुधबार

भट्टीदेखि हुन्डीसम्म प्रहरीको अवैध असुली

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । प्रायः अवैध गतिविधिमा संलग्न व्यक्तिले प्रहरीलाई नियमित पैसा बुझाउने गर्छन् । भट्टी चलाउनेदेखि हुन्डीको कारोबार गर्नेसम्म पैसा बुझाउनेमा पर्छन् । कतिपय अवस्थामा बेलुका ढिलासम्म प्रहरीले रेस्टुरेन्ट तथा डान्सबार खोल्न दिएर पैसा लिने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कतिपय होटेलमा वेश्यावृत्ति हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरीले संरक्षण गरेर समेत पैसा लिने गरेको छ । हुन्डी तथा डलरको अवैध कारोबार गर्ने ठाउँबारे स्थानीय प्रहरीलाई जानकारी हुन्छ । तर, यसमा प्रहरीले चासो नदिई आर्थिक लाभ लिने गरेको छ । कतिपय प्रहरी त गुन्डागर्दीमा संलग्नसँग समेत मिल्ने गर्छन् ।

यस्तै ठाउँबाट पैसा लिनका लागि वृत्त तथा प्रभागका प्रमुखहरू आफूनिकट प्रहरीलाई घुमुवाका रूपमा राख्ने गर्छन् । सबैजसो वृत्तमा अपराध अनुसन्धानका लागि अपराध महाशाखाको शाखा भए पनि वृत्तले छुट्टै घुमुवा टोली परिचालन गर्दै आएको छ । महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले उपत्यकाका प्रभाग तथा वृत्तका प्रहरीहरू निगरानीमा रहेको र गलत गर्नेलाई कारबाही गर्दै आएको बताए ।

यस्तै, काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उजुरी बढेपछि आन्तरिक शुद्धीकरणलाई तीब्रता दिएको बताए । सोही क्रममा परिसरको टोलीले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त कमलपोखरीका एक प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घुस खाएको उजुरी परेपछि ती अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको स्रोतको भनाइ छ ।