११ कार्तिक २०८३, बुधबार

पूर्वराजाको दशैँको कार्यक्रम सार्वजनिक

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो वर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ ।

त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिनेछन् ।