१२ कार्तिक २०८३, बिहिबार

वामदेव काठमाडौं ७ मा उम्मेदवार बन्नेबारे यसरी भयो अन्यौल

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ ।

नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्य सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन् ।