१२ कार्तिक २०८३, बिहिबार

वामदेव गौतमका लागि राज्य कोषबाट करोडौँ खर्च हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ ।

निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन् । त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो ।

त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ ।

त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो । गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन । सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ ।