११ कार्तिक २०८३, बुधबार

बैठक सरेपछि वामदेवलाई छटपटाहट

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

आगामी स्थायी समिति बैठकमा पेस गरिने एजेन्डा तय गर्नको लागि बोलाइएको बैठक २७ गतेको लागि सारिएको हो । बैठक २७ गते बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

बुधबार बोलाइएको बैठकले स्थायी समितिको मिति तय गर्ने बताइएको थियो । साथै उक्त बैठकमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिका विषयमा समेत आगामी सचिवालय बैठकमा छलफल हुने बताइएको थियो ।

प्रदेश कमिटी गठनको पूर्णता, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने सचिवालयका कार्यसूची रहेका छ्न् ।

यस्तै बैठकले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामा पनि स्वीकृत गर्ने बताइएको छ ।