११ कार्तिक २०८३, बुधबार

ठगले बनायो सुकुमबासी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । सुन्दर घर बनाई सुखी जीवन बिताउने मोरङ उर्लाबारी–८ दुर्गापुरीका विष्णुबहादुर धिमालको सपना तीन लाख रुपैयाँले अड्किरहेको थियो ।

भाइ नाता पर्ने रामप्रसाद धिमाललाई उनले आफ्ना सपना सुनाए । जग्गा धितो राखे ऋण जति पनि पाइने भन्दै रामप्रसादले विष्णुलाई हौस्याए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

ऋण दिने साहु पनि खोजिदिने भने । त्यसपछि विष्णु भएजति जग्गाको लालपुर्जा बोकेर रामप्रसादकहाँ गए । रामप्रसादले विष्णुलाई लगेर दोलखा पवटी–३ का ३४ वर्षीय दिनेश कोइरालालाई भेटाइदिए । जग्गाको कारोबार गर्ने दिनेश त्यसवेला उर्लाबारीमै थिए ।

विष्णु, रामप्रसाद र दिनेश उर्लाबारीस्थित मालपोत कार्यालय पुगे । विष्णुको नाममा एक बिघा आठ कट्ठा जग्गा थियो । सबै जग्गा दिनेशको नाममा पास गर्ने, त्यसबापत तीन लाख रुपैयाँ विष्णुलाई दिने, दुई वर्षसम्म ऋण फिर्ता नगरे विष्णुको जग्गा स्वतः दिनेशको नाममा हुने व्यहोराको कागज बन्यो । रामप्रसादको विश्वासमा परेर विष्णुले कागजमा हस्ताक्षर गरे । लालपुर्जा दिनेशलाई थमाए । कागजअनुसार तीन लाख रुपैयाँ बुझेर उनी घर फर्किए ।

सुनसरी इटहरी–५ का सहदेव गुरुङलाई घरायसी कारोबारका लागि २० लाख रुपैयाँ आवश्यक प-यो । ऋणको खोजी गर्ने क्रममा उनको भेट मितेरी साइनो पर्ने इटहरी–८ का तीर्थराज रेग्मीसँग भयो । घर धितो राखे ऋण मिलाइदिने भन्दै तीर्थराजले दिनेशलाई भेटाइदिए । दुवै मालपोत पुगे ।

तीर्थराजको विश्वासमा सहदेवले ५० लाख रुपैयाँ पर्ने घर दिनेशको नाममा पास गराए । कागजात लिए, दिनेश फरार भए । सहदेव आफ्नै घरमा सुकुमबासी बन्नुप-यो । दिनेशलाई खोज्दै उनी पनि अहिले काठमाडौं आइपुगेका छन् । सुकेधारामा भेटिएका उनले भने, ‘विश्वासमा परेर मैले घर पास गरेँ, हेर्दाहेर्दै म आफ्नै घरमा सुकुमबासी बन्न पुगेँ ।’

सहदेवसँगै भेटिएका मोरङ कानेपोखरी–५ का उमेश गुरुङसँग पनि दिनेशले जग्गा कारोबारको साझेदार बनाइदिने भन्दै एक करोड पचास लाख रुपैयाँ लिए । दुवैबीच रकम लेनदेनको कागजात भयो । रकम लिएपछि न दिनेशले उमेशलाई कारोबारमा साझेदार बनाए, न रकम नै फिर्ता गरे ।

त्यसैगरी, उनले इटहरी–८ की यशोदा भट्टराईसँग ३० लाख र उनकी आमासँग ५० लाख रुपैयाँ लिए । उनीहरूलाई झापाको दमकस्थित तारबारीमा सञ्चालित कृषि फार्ममा साझेदार बनाइदिने भनेका थिए ।

तर, उनले न कबुल गरेझैँ व्यवसायमा साझेदार बनाए, न रकम नै फिर्ता गरिदिए । ठूलै दबाबपछि दिनेशले आफ्नो र श्रीमतीको नाममा रहेको विभिन्न बैंक एकाउन्टबाट चेक काटे । तर, ती सबै बाउन्स भए ।

धुम्बाराहीमा भेटिएकी यशोदाले चेक देखाउँदै भनिन्, ‘कृषि फार्ममा साझेदार बनाइदिने भन्दै म र मेरी आमासँग गरी ८० लाख रुपैयाँ लियो । तर, उसले न साझेदार बनायो, न रकम नै फिर्ता ग-यो । अब के गर्ने, केही सोच्न सकिएको छैन ।’