काठमाडौं, २० असोज । जब राष्ट्र बैंकको गभर्नरमा डा.युवराज खतिवडा (हालका अर्थमन्त्री) नियुक्त भए, उनको दुर्दशा सुरु भयो ।
खतिवडाले बैंकलाई घरजग्गा लगानीमा नियन्त्रण सुरु गरे । त्यसबाट सबैभन्दा धेरै प्रभावित किस्ट नै बन्यो । ज्ञवालीले नक्कली धितोका आधारमा समेत बैंकबाट पैसा निकालेर घरजग्गामा लगानी गरेका थिए ।
राष्ट्र बैंकले नियन्त्रण सुरु गरेसँगै उनका लगानी संकटमा परे । बैंकबाट लिएको पैसाको हिसाब मिलाउन सकेनन् । त्यसका लागि सिद्धार्थ डेभलपमेन्ट बैंकबाट समेत अनियमित तरिकाले कर्जा लिएका थिए । त्यो पनि तिर्न नसकेपछि उनको ओरालो यात्रा सुरु भयो । समस्या बढेपछि राष्ट्र बैंकले अनुसन्धान थाल्यो ।
राजनीतिक रूपमा उनको सबै पार्टीमा पहुँच थियो । त्यसकारण राष्ट्र बैंकमा पनि मिलाउने उनको योजना थियो । तर, डा। खतिवडासँग उनको टक्कर प-यो ।
कुरा नमिलेपछि उनी राष्ट्र बैंकबाट खतिवडालाई नै हटाउने अभियानमा समेत लागेको एक बैंकर सुनाउँछन् । तर, सफल भएनन्, आफैँ फरार हुनुप(यो । फरार भएको पाँच वर्षपछि उनी कारागार पुगेका छन् ।















प्रतिक्रिया