काठमाडौं, २० असोज । कमल ज्ञवाली ०५२ सालमा उच्च शिक्षाका लागि गुल्मीबाट काठमाडौं आएका थिए । पढाइसँगै उनले सुरुमा शिक्षकको काम गरे ।
उनी महत्वाकांक्षी थिए । कमर्स पढेका उनी फाइनान्स कम्पनी स्थापना खोल्ने योजनामा लागे । काठमाडौं आएको सात वर्षमै किस्ट मर्चेन्ट फाइनान्स एन्ड कम्पनी स्थापना गरे । उनकै नेतृत्वमा सो फाइनान्स स्थापना भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसवेला काठमाडौंमा घरजग्गा कारोबार फस्टाएको थियो । घरजग्गामा लगानी गर्न कुनै लगाम थिएन । फाइनान्सको पैसा आफैँले समेत दुरुपयोग गरी घरजग्गामा लगानी गरे ।
त्यसरी उनी फाइनान्स सुरु गरेको केही वर्षमै करोडपति बनेका थिए । त्यही कारण फाइनान्स सुरु गरेको सात वर्षमै त्यसलाई उनले ‘क’ वर्गको वाणिज्य बैंक बनाएका थिए ।
वाणिज्य बैंक मात्र होइन, सबैभन्दा धेरै शाखा भएको वाणिज्य बैंकसमेत बनाएका थिए । देशका ठूला र सफल बैंकरका रूपमा उनको प्रशंसा भइरहेको थियो ।















प्रतिक्रिया