काठमाडौं, २० असोज । वीर अस्पतालले नेपालमा पहिलोपटक भित्र्याएको अत्याधुनिक उपकरण इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान मेसिन अस्पतालकै कर्मचारीको अवरोधका कारण तीन महिनादेखि जडान हुन सकेको छैन ।
सरकारी अस्पतालमै अत्याधुनिक उपकरण जडान गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन महिनाअघि ल्याइएको इन्ट्रा–अप्रेटिभ सिटिस्क्यान अस्पतालमा कार्यरत केही कर्मचारीले सञ्चालनमा ल्याउन रोक लगाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उपकरण खरिदका लागि टेन्डर नपाएको हिमालयन मेरिटेकसँग मिलेर अस्पतालका केही कर्मचारीले उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्च अदालतसम्म उजुरी दिँदै हिँड्न थालेपछि तीन महिनाअगाडि अस्पतालमा आइपुगेको सो उपकरण जडान हुन नसकेको हो ।
कर्मचारीकै दादागिरीले उपकरण जडान हुन नसक्दा सयौँ गरिब बिरामी सेवा लिनबाट वञ्चित भएको अस्पतालले जनाएको छ । अस्पतालले २० करोड ४९ लाख रुपैयाँमा बायोमेट इन्टरनेसनल प्रालिलाई उपकरण ल्याउने जिम्मा दिएको थियो । सो कम्पनीले अमेरिकाको ब्रेन्ड ल्याब कम्पनीबाट सो सिटिस्क्यान ल्याएको हो ।















प्रतिक्रिया