११ कार्तिक २०८३, बुधबार

पूर्वएमाले र कांग्रेसका नेताहरूलाई सरकारी पैसा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टी कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४–७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ ।

यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

– गंगामाया अधिकारीः २० लाख

– एमाले जिल्ला कार्यालय पर्साः २ लाख ३ हजार

– पूर्वमन्त्री रामकृष्ण ताम्राकारः १५ लाख

– राष्ट्रकवि माधव घिमिरेको उपचार खर्चः १४ लाख ९८ हजार

– विभिन्न व्यक्तिका नाममाः ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ

– नेता नरहरि आचार्यको उपचार खर्चः ३३ लाख ६१ हजार

– निर्वाचनमा घाइते २४ जनाको उपचारः २७ लाख ६० हजार

– दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ लः ३० लाख

– देश घरका विभिन्न व्यक्तिका नाममाः ८९ लाख रुपैयाँ बाँडिएको छ