काठमाडौं, १९ असोज । सत्तापक्ष र विपक्षी सांसदले सरकारको कामकारबाही तथा आफूविरुद्ध एकपछि अर्को आलोचना गरेपछि मुख्यसचिव लोकदर्शन रेग्मी असन्तुष्ट देखिए ।
‘सिंहदरबारको रेडकार्पेटमा मात्रै ब्युरोक्रेसी छ भनेर नबुझिदिनुहोला माननीयज्यू, राष्ट्रिय निकुञ्जदेखि दूरदराजका दुर्गम क्षेत्रमा खटिएका कर्मचारी पनि यही ब्युरोक्रेसीकै हुन्,’ उनले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारले राष्ट्रिय पुँजीपतिलाई नै संरक्षण गर्ने, लगानी गर्ने वातावरण बनाउने र नपुगे मात्रै वैदेशिक लगानी ल्याउने उनले बताए । राज्य निर्माणको युगीन जिम्मेवारीमा आफूहरू पनि रहेको उनको भनाइ थियो । ‘राज्यलाई पुनः आविष्कार गर्दै छौँ । नयाँ नीति बनाउने काम भइरहेको छ,’ उनले भने ।















प्रतिक्रिया