
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला जोधपुरमा प्रेमी निक जोनससँग समय बिताइरहेकी छन् । बताइएअनुसार यी दुई विवाहका लागि लोकेशन फाइनल गर्न त्यहाँ आएका हुन् । दुवै साथी तमन्ना दत्तका पति सुदीप दत्तको बर्थडे पार्टीमा सहभागी भएका थिए ।
प्रियंकाले उक्त पार्टीमा ह्वाइट टाइप टपमा ब्लू एंड ह्वाइट लाइन्सवाला wide-legged पाइन्ट लगाएकी थिइन् । उनको यो टप Y.A.S. ब्रान्डकाे थियो र यसको मूल्य १४२५ भारु पर्छ । त्यस्तै प्रियंकाले लगाएकी पाइन्टको मूल्य १९०० भारु पर्छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार प्रियंकाको पहिरनको मूल्य जम्माजम्मी ३३२५ भारु हो ।
प्रियंका चाँडै नै निर्देशक शोनाली बोसकी फिल्म ‘द स्काई इज पिंक’मा चार अलगअलग अवतारमा देखिँदैछिन् । तर, यसबारे विस्तृत रुपमा जानकारी भने मिलिसकेको छैन ।
यसबाहेक उनीसँग एक हलिउड फिल्म ‘is’t It Love’ पनि छ ।















प्रतिक्रिया