५ कार्तिक २०८३, बिहिबार

बलिउड अभिनेता ऋषि कपूरलाई क्यान्सर भएकै हो त ? यसो भन्छन् उनका भाई रणधीर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरलाई क्यान्सर भएकै हो त ? के उनी तेस्रो चरणको क्यान्सरसँग जुधिरहेका छन् ? यसकै उपचारका लागि उनी अमेरिका गएका हुन् त ? यही प्रश्न अहिले सामाजिक सञ्जालभरी छरिएका छन् । यसैबीच ऋषि कपूरका भाई रणधीर कपूरले एक मिडियालाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा भनिएको छ:

ऋषि कपूरको स्वाथ्य अवस्था ठीक छ । उनको परीक्षण बिहीबारबाट हुँदैछ । जबसम्म परीक्षण गरिँदैन तबसम्म हामीले यही भएको हो भन्न सक्दैनौं । बजारमा आएका अनेक अड्कलहरुलाई म खण्डन गर्न चाहन्छु । यो हाम्रो लागि निकै दुखको कुरा हो । केही समयअघि मात्रै हामीले हाम्री आमा (कृष्णा राज कपूर) गुमाएका छौं । यस्तो अवस्थामा ऋषिलाई लिएर गरिएका अड्कलबाजीका कारण हामी दुखी भएका छौं ।

ऋषि आफैंले सामाजिक सञ्जालमा ट्वीट गरेर उपचारका लागि अमेरिका जाने बताएका थिए । उनले सबैको मायाका कारण आफू चाँडै नै फर्किने उल्लेख गरेका थिए ।