११ कार्तिक २०८३, बुधबार

चाडपर्वले जुरायो घर आउने साइत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १२ असोज । गत वर्ष तिहार मनाएर भारत चन्डीगढ गएका दाङको दंगीशरण गाउँपालिका–१, मलईका दिलबहादुर थापा पनि सपरिवार दसैँ मनाउन घर फर्किंदै गर्दा जमुनाहामा भेटिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले दसैँ नजिकिएपछि कर्मथलोमा बस्न मन नलागेपछि तत्काल बिदा मिलाएर घर फर्किएको बताए । ‘अघिपछि जन्मथलोभन्दा कर्मथलोको माया लागे पनि चाडबाड नजिकिएपछि त्यहाँ बस्नै सकेनौँ,’ उनले भने ।

बनगाड कुपिण्डे नगरपालिका, सल्यानका द्रोण बुढाथोकी पनि दसैँ मनाउन घर फर्किएका छन् । हिमाञ्चल प्रदेशको सिमलामा काम गर्दै आएका उनी दसैँ र तिहार मनाउन मात्र नेपाल फर्किएको बताउँछन् ।

नेपालमा काम गरेर खाने वातावरण नभएकाले भारत जाने गरेको बताउँदै उनले तिहारलगत्तै फेरि भारत फर्किने बताए । ‘काम गरेर खाने वातावरण भएको भए आफ्नै देशमा मिहिनेत गरेर खाइन्थ्यो, राज्यले हामीजस्ता युवालाई बिदेसिन बाध्य पारेको छ,’ उनले भने ।