११ कार्तिक २०८३, बुधबार

दुईजना जेठाजुद्वारा बुहारीलाई पालैपालो बलात्कार

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ११ असोज । बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन् । धादिङ जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ वर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ वर्षीय र २९ वर्षीय दुई जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

आफूलाई दुई वर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो ।

पछिल्लो पटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ ।

आफूलाई बलात्कार गर्न अरु मानिसहरूलाई समेत पठाएको पीडितको आरोप छ । अन्याय सहन नसकेर अन्ततः आफू न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।