पोखरा, ११ असोज । सोमबार बिहानैदेखि कुसुम पौडेल साथीहरूसँग रक्सी पिएर मातेका थिए । उनले बिहान ११ बजेदेखि १२ बजेसम्म स्थानीय हेम विकको भट्टी पसलमा अन्य चारजनासँग बसेर रक्सी पिएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनी ती साथीहरूसँग थप रक्सी लिएर डाँडामाथि उदय केसीको घरमा पुगे । त्यहीँ बसेर साँझ पौने पाँच बजेसम्म पौडेल साथीहरूसँगै रक्सीमा मस्त रहे । त्यसपछि रक्सीकै सुरमा चुरोट किन्छु भन्दै तल झर्दै थिए । त्यही क्रममा मामा घरबाट बिस्कुट किन्न पसलतर्फ झर्दै गरेकी श्रेयालाई देखेपछि उनले सुरुमा बोलाएर ५ रुपैयाँ दिए ।
घरबाट करिब ६०–७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा उनले बालिकालाई मिठाइ किन्न भन्दै ५ रुपैयाँ दिएका थिए । त्यसपछि करिब १० मिटर तल रहेको एउटा पुरानो घर र पानीट्यांकीबीचमा बालिका तल झर्दै गर्दा पुनः बोलाएर १० रुपैयाँको प्रलोभन देखाउँदै उनले बलात्कारको प्रयास गरे ।
बालिकाले नमानी चिच्याउन थालेपछि घाँटीमा थिचेर तल झाडीमा फालिदिए । त्यही क्रममा बलात्कार गरेको र ढुंगाले टाउको र अनुहारमा थिचेर बालिकाको हत्या गरेको अनुसन्धानको क्रममा प्रहरीलाई कुसुमले बताएका छन् ।
कास्की प्रहरीले कुसुमले बलात्कार र हत्या गर्दा लगाएको लुगा र ढुंगासमेत कुसुमसँगै सार्वजनिक गरेको छ । पत्रकार भेटघाटका क्रममा नै कुसुमले आफूले हत्या गरेको स्विकारेका छन् ।















प्रतिक्रिया