११ कार्तिक २०८३, बुधबार

बालिका बलात्कारपछि हत्या गर्ने १२ घन्टामै पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ असोज । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया विक (सुनार)लाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेल १२ घन्टामै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पौडेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले कुसुम पौडेलले अपराध स्वीकार गरेको बताए । उनका अनुसार घटनाको जानकारी पाउना साथ कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङ, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्की र आफूसमेत अनुसन्धानमा जुटेर हत्यारा पक्राउ गर्न सफलता मिलेको हो ।

सोमबार साँझ साढे पाँच बजेदेखि हराएकी बालिकाको मंगलबार बिहान शव भेटिएको थियो । साढे नौ बजे घटना सार्वजनिक भएपछि अनुसन्धानमा लागेको प्रहरी झन्डै १२ घन्टा ९साँझ साढे आठ बजे० मा बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । रानाका अनुसार सुरुमा शंकास्पद आधा दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो ।

तीमध्ये २७ वर्षीय कुसुम पौडेलले आफ्नो अपराध प्रहरीसमक्ष स्वीकार गरेका थिए । सोमबार साँझ साढे पाँच बजेदेखि हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन् । एसपी रानाले पौडेललाई बलात्कार र हत्या अभियोगमा हदैसम्मको कारबाही हुने बताए ।

कास्की प्रहरीका अनुसार कुसुमले रक्सी सेवन गरेकै कारण १० वर्षीया बालिका श्रेया विक ९सुनार०को बलात्कारपछि हत्या भएको हो । कास्की प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले लागुपदार्थ सेवनकै कारण सो घटना घटेको देखिएको बताए । यस्ता खालका अधिकांश घटना मादकपदार्थ प्रयोग गरेर घटाइने गरेको डिएसपी गुरुङले बताए ।