काठमाडौं, ७ असोज । गत ४ वैशाखमा सरकारले सम्पूर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो ।
तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो । भाडा बृद्धि आइतबारबाटै लागू गर्ने निर्णय भएको विभागले जनाएको छ ।
गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ ।
‘सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ’, यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने, ‘भाडा बृद्धिका सहमतिपछि व्यवासायीहरुले टिकट बुकिङ खोल्छौँ भन्नुभएको छ ।’















प्रतिक्रिया