११ कार्तिक २०८३, बुधबार

प्रहरी जवान शिवलाल पौडेललाई गोली हान्ने समूह यसरी भाग्यो भारततिर

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ५ असोज । करिब १२ बजेर १५ मिनेटतिर सञ्चार सेटमा खबर आयो । भुटाहामा गोली हानी हत्या भयो भनेर । हामी तीनजना तत्काल घटनास्थलबाट १५ किमि दक्षिण बाटोमा चेकपोइन्ट थाप्न दौडिएर निस्कियौँ । म घुस्की बजारको सडकमा निस्किएको मात्र थिएँ ।

भिडमा ममाथि प्रहार भयो । यसो हेरेँ खैरो होन्डा भारतीय नम्बर प्लेटको बाइकमा दुईजना व्यक्तिले पछाडिबाट पेस्तोलले सुट गरेको देखेँ । छलिँदा छलिँदै दुई गोली लाग्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

५ फायरसम्म सुनेँ । गोली लागेपछि म नर्भस भएँ । ती व्यक्ति दक्षिणतिर भागे । सीमा नाकाबाट भारत लागे । मसँग थ्रिनट राइफल थियो । कक गर्ने समय नै पाइनँ । फेरि सर्वसाधारणको ठूलो भिड थियो ।