काठमाडौं । विभिन्न १९ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा घेराउ गरेका छन् ।
त्रिविले षड्यन्त्रमूलक ढंगले स्ववियु निर्वाचन घोषणा गरेको भन्दै सम्पूर्ण विद्यार्थीको सहमतिमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । ती संगठनले स्ववियु निर्वाचन हुने देशभरका क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् ।
संयुक्त १९ विद्यार्थी संगठनमा अनेरास्ववियु (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), तराई मधेस विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, विद्यार्थी फोरम (लोकतान्त्रिक), राप्रविसंघ नेपाल, अग्रगामी विद्यार्थी युनियन, संघीय विद्यार्थी युनियन, अखिल (पाँचौँ), क्रान्तिकारी विद्यार्थी संगठन नेपाल, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, अखिल नेपाल विद्यार्थी मञ्च, नेपाल विद्यार्थी परिवार, नवसमाजवादी विद्यार्थी मञ्च, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, संघीय विद्यार्थी मञ्च, संघीय विद्यार्थी संघ र राप्रविसंघ छन् ।
त्रिविले यही जेठ १४ गते स्ववियु निर्वाचनका लागि तयारी गरेको भए पनि १९ विद्यार्थी संगठनले संयुक्त रुपमा निर्वाचनमा सहभागी नहुने भनेपछि जेठ १८ का लागि कार्यतालिका प्रकाशन गरेको छ ।
त्रिविले एकपक्षीय रुपमा चुनावको कार्यतालिका घोषणा गरी निर्वाचनमा सबै विद्यार्थी सङ्गठन सहभागी हुने वातावरणमा अवरोध पुर्याएको राप्रविसंघका अध्यक्ष राजाराम बर्तौलाले आरोप लगाउनुभयो ।














प्रतिक्रिया