३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड पुत्र प्रकाश कुटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PRAKASH-DAHAL

काठमाडौँ, ६ माघ । नेपाल बन्दको प्रतिकारमा उत्रिएका युवाहरुलाई लेखेट्ने क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहाल आफै कुटिएका छन् ।

काठमाडौंको माइतीघरमा बन्दकर्ता र बन्द विरोधीबीच भएको झडपमा प्रकाशले प्रहरीको लाठी खाएका हुन् ।

बन्दको बिरोधमा युवाहरुले ‘नेपाल खुल्ला छ’ भन्दै माइतीघरमा बन्दकर्ताको विरोध गरेका थिए । प्रकाशको नेतृत्वमा बन्दकर्ताहरु बन्द विरोधीलाई लखेट्न गएपछि झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीको लाठीबाट प्रकाशको ढाडमा निलडाम छ । प्रहरीले प्रकाशमाथि दुई पटकसम्म लाठी बर्षाएको थियो ।

 

Prakash-Dahal-Kutpit-Yatana