२८ आश्विन २०८३, बुधबार

तपाईंलाई पर्खदैं चमेरी गुफा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chameri-cave-gufa

दाङ । दाङको तुलसीपुर नगरपालिका–१, मूलकोट र हलवार–५ को सीमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ ।

करिब दुई दशक पहिले पत्ता लागेको तुलसीपुर बजारदेखि करिब १२ किमिको दूरीमा रहेको गुफाको प्रचार प्रसार र संवद्र्धन गर्न सके प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आगमन हुने स्थानीयवासीको भनाइ छ ।

गुफासम्म पुग्नका लागि सामान्य मोटर बाटो पुगे तापनि पर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासी किरण केसीले बताउनुभयो ।

हाल गुफामा दैनिक रुपमा ३० देखि ४० जना सर्वसाधारण अवलोकनका लागि जाने गरेको स्थानीयवासी सीताराम पुनले जानकारी दिए ।

विभिन्न तीनतला रहेको उक्त गुफासम्म पुग्नका लागि जिविस, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप देखिन्छ । गुफामा विभिन्न तीन तह छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ ।

Chameri-gufa