२८ आश्विन २०८३, बुधबार

यस्तो छ प्रेस युनियनको चुनावी रन्को

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-union

काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको २४ औं महाधिबेशन सकिनासाथ काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनमा चुनावी सरगर्मी सुरु भएको छ ।

आगामी असार १ र २ गते पोखरामा हुन लागेको युनियनको महाधिवेशनबाट नेतृत्व लिनका लागि आंकाक्षीहरूले चुनावी अभियान पनि सुरु गरेका छन् ।

देशभरका जिल्लाहरूको धमाधम अधिवेशन भइरहेका छन् भने काठमाडौ शाखामा जेठ ९ गते अधिवेशन हुँदैछ । गत बर्ष गैरसदस्य भर्ती गरेको आरोप खेपेको काठमाडौं शाखामा यसबर्ष भने गैर सदस्यहरूको सदस्यता कटौती गरिएको छ ।

अघिल्लोपटक १२ सय सदस्य रहेको काठमाडौंमा यसपटक करिब तीनसय मात्र सदस्य छन् । काठमाडौं शाखामा अब व्यावसायिक र श्रमजीबि पत्रकारहरु मात्र आबद्ध रहेको दावी गरिएको छ ।

तीनसय सदस्य रहेको काठमाडौं शाखालाई विशेष महत्वका साथ हेरिएको छ । केन्द्रिय महाधिवेशनलाई समेत प्रभावित पार्न सक्ने काठमाडौका लागि जीवन भण्डारी र नकुल अर्याल अध्यक्षका दावेदारका रुपमा उभिएका छन् । दुवैजना नेपाल वाणी नेटवर्कमा कार्यरत पत्रकार हुन । भण्डारी निबर्तमान उपाध्यक्ष हुन भने अर्याल सहसचिव छन् । अर्याल पत्रकारमाझ लोकप्रिय देखिएका छन भने भण्डारी सदस्य, सह–सचिब हुँदै उपाध्यक्ष बनेकाले अध्यक्षका लागि स्वाभाविक भएको दावी गरिरहेका छन् ।

केन्द्रिय महाधिवेशनका लागि भने नेतृत्वका पुरानै र केही नयाँ अनुहारहरु चुनावी अभियानमा देखिएका छन् । अध्यक्षमा गंगाधर पराजुली, बद्री सिग्देल, शिव लम्साल, दामोदर दवाडी, रामप्रसाद दाहाल र भुवन भट्टको नाम चर्चामा छ ।

यता वरिष्ठ उपाध्यक्षहरुमा दिपक आचार्य, विजय सन्तोषी राई, बाला अधिकारीको नाम चर्चामा छ । महासचिबमा अजयबाबु शिवाकोटी, लिलाराज खनाल, सरोज अधिकारी, इश्वरी ओझाको नाम चर्चामा छ ।

सचिवमा सोमनाथ सुसेली, प्रेम केसी, सूर्यकुमार क्षेत्रीको नाम चर्चामा छ ।

कोषाध्यक्षमा खिला कार्कीले दावी गरेका छन् । उनले सहमति भएको खण्डमा सचिबमा पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

केन्द्रिय सदस्यहरुमा दर्जनौं पत्रकारहरुको नाम चर्चामा छ । ईमेज एफएमका ठाकुर वेलवासेले पनि केन्द्रिय सदस्यका रुपमा आफूलाई उभ्याएका छन् । पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्दै कान्तिपुर साप्ताहिक तथा इमेजखबरमा कार्यरत पत्रकार युवराज गौतमले पनि सदस्यका रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । घटना र विचार रेडियो कार्यक्रमका निरज खतिवडा पनि सदस्यका दावेदार हुन् ।

चुनावको मिति तय भएसँगै आकाक्षीहरु आफनो निकटका नेताहरुको घरदैलो धाउन थालिसकेका छन् । आफू निकटका कांग्रेसका केन्द्रीय नेताहरुको आर्शिवादमा पत्रकारहरु नेतृत्व हत्याउने दाउमा रहेका छन् । तर, कतिपय निडर पत्रकारहरुले नेताको घरदैलो धाउनुलाई गैरजिम्मेवारीपूर्ण भनेका छन् ।