१२ कार्तिक २०८३, बिहिबार

आमाको नामबाट नागरिकता लिन बाबुको पहिचानको प्रश्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ ।

आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान हुन नसकेको स्वयंले वा आमाले स्वघोषणा गरे मात्र नागरिकता पाउनेछ ।

नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ८ को उपदफा १ को खण्ड क ९१० मा भनिएको छ, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’

त्यस्तै विधेयकको दफा ३ को उपदफा ५ मा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिनेछ ।’

तर, बाबुको पहिचान भई विदेशी नागरिक भएको ठहरिएमा वंशजको आधारमा लिएको नागरिकता अंगीकृतमा परिणत हुने व्यवस्था गरिएको छ ।