१२ कार्तिक २०८३, बिहिबार

नेकपाको दुईतिर जिम्मेवारीप्रति पार्टीमा धेरै असन्तुष्ट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । सांसद र स्थानीय जनप्रतिनिधिको जिम्मेवारीसहित कार्यकारी भूमिकामा रहेकाहरूलाई पार्टीमा कार्यकारी भूमिका दिने कि नदिने प्रस्ट नहुँदा केही अन्योल देखिएको कार्यदल सदस्यहरूको भनाइ छ ।

जनप्रतिनिधिमा कार्यकारी भूमिकामा रहेकाहरूलाई पार्टीमा पनि पुनः कार्यकारी जिम्मेवारीका लागि खुला गरिएकोमा नेकपाभित्र थुप्रै नेता असन्तुष्ट छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘विधान, नियमावली र सर्कुलरले अहिलेसम्म केही बोलेन, त्यसैले अब परिस्थिति हेरेर सोच्छौँ,’ प्रदेश ३ एकीकरण कार्यदलका सदस्य नारायण दाहालले भने, ‘एउटा कार्यकारी भूमिकामा रहेको व्यक्ति अर्कातिर पनि कार्यकारी पदमा बस्दा अप्ठ्यारो हुन सक्छ, तर हामी पदाधिकारीका सबै दाबेदारहरूको नाम राखेर केन्द्रमा पठाउने तयारीमा छौँ ।’

सातवटै प्रदेशका कार्यदलले प्रदेश र जिल्ला कमिटीमा तत्कालीन एमाले र माओवादी केन्द्र दुवैतिरका नेता–कार्यकर्ता समेटिने गरी विधानले तोकेको संख्यालाई आधार मानेर केन्द्रीय सचिवालयमा नाम बुझाउने तयारी गरिरहेका छन् ।