१२ कार्तिक २०८३, बिहिबार

सीआइबीको दायरामा ‘फेक रेस्क्यू’ ठग, शक्ति केन्द्रको आडमा टासी शेर्पाको दादागिरि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विदेशी पर्यटकको फर्जी उद्दार गरी अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट रकम लुट्ने (फेक रेस्क्यु ठग)को खोजी गर्न थालेको छ ।

पर्यटन मन्त्रालयमा फेक रेस्क्युको उजुरी परेपछि छानबिनका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वको टोलीले बुझाएको प्रतिवेदन, प्रहरी अनुसन्धान र उजुरीका प्रकृतिका आधारमा सीआइबीले छानबिन थालेको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सीआईबी उच्च स्रोतका अनुसार तस्करी भन्दा पनि ठूलो रकम लुट्ने यस्तो ठगी नियन्त्रणमा शक्ति केन्द्रका कुनै पनि निकायसँग जोडिएका जो कोहीलाई पक्राउ गरी सोधपुछ गरिने छ । सीआइबीले तीन दर्जनभन्दा बढि फेक रेस्क्यु गर्ने ट्रेकिङ कम्पनीलाई निगरानीमा राखेको छ ।

ट्रिप एडभाइजरीले कालोसूचीमा राखेका ठगहरूलाई सीआइबीले अनुसन्धान गर्नेछ । ‘यस्तो ठगीमा ट्रेकिङ एजेन्सी एसोसीएशनका पदाधिकारीको नाम पनि आएको छ, हामीले निगरानीमा राखेर त्यस्ता ठगलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने तयारी गरेका छौं’, सीआइबीका एकजना अधिकारीले भने,‘केहीको राजनीतिक शक्ति केन्द्रसँग सम्बन्ध रहेको देखिएको छ, उसको अपराधको प्रमाण बलियो बनाएर कारबाहीको प्रक्रिया जानेछौं ।’

१४ पिक्स ट्रेकिङ एजेन्सीका सञ्चालक टासी शेर्पा, फ्लाइट कनेक्सन इन्टरनेशनल ट्राभल्स एजेन्सीका सञ्चालक श्यामसुन्दर कँडेललगयात फेक रेस्क्यु प्रकरणमा अगाडी आउने नाम हो । अकुत सम्पत्ति थुपार्ने, शक्ति केन्द्रलाई रकमले रिझाउने काम उनीहरूबाट हुँदै खाएको छ ।

विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा बिमा असुल्न नक्कली बिल बनाउने गरिएको छ । यस्तो छानबिनको दायरामा शेर्पाको लगानीमा रहेको अर्को सेभेन समिट पनि परेको छ । सेभेन समिट कालोसूचीमा परेपछि शेर्पाले १४ पिक्स भन्ने नयाँ रेस्क्यु कम्पनी खोलेका थिए जसलाई सीआइबीले निगरानीमा राखेको छ ।