२१ कार्तिक २०८३, शनिबार

पहिरोले नुवाकोटमा दुई घर भत्कायो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २१ साउन । जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ ।

ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार विस्थापित भएका छन् । पहिरोबाट रु १० लाखभन्दा बढी क्षति भएको पीडित परिवारले जनाएको छ ।

यसैगरी सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा गएराति पहिरो जाँदा स्थानीय रामकुमार पटुवारको चारकोठे घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पको राहत पैसाले निर्माण गरेको सो घरसँगै पहिराले गोठसमेत पुर्दा उहाँको एउटा दुहुनोे भैंसी र एउटा पाडीसमेत मरेको छ । पहिरोको कारण पटुवारको लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । –रासस