२१ कार्तिक २०८३, शनिबार

न्यायलयमा राजनीतिक प्रभाव पर्न दिन्नँ : प्रस्तावित न्यायाधीश पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायलयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन् ।

न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने पाण्डेको भनाइ छ ।

पाण्डेले पञ्चवर्षीय योजना आएपछि फैसला लेखन र न्यायको गुणस्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिँदै न्यायाधीशहरूले फैसला गर्दा त्यसको स्तर र प्रमाणको मूल्याङ्कनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले अदालतको अनुसन्धान, मिसिल जाँच, र पुरानै ढर्राको कार्यशैलीमा व्यापक सुधार गरी बटमदेखि टपसम्म न्याय प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

पाण्डेले आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्दै मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिने प्रतिवद्धता जनाए ।

त्यस्तै, उनले कसैको प्रभाव र दवावमा फैसला गर्ने काम आफूबाट नभएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थागत सुधारमा ध्यान दिने उल्लेख गरे ।