रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा तास (जुवा) खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ नगद र तास बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब १०:१५ बजे जितपुरसिमरा उपमहानगरपालिका–१८ स्थित कटानी टोलका गोरीमाया तामाङको बाख्रा गोठमा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको कमान्डमा खटिएको टोलीले छापा मारेको थियो ।
पक्राउ पर्नेहरूमा जितपुरसिमरा–१७ का उपेन्द्रप्रसाद साह (३१), मिनबहादुर थिङ (६१), कुमार थिङ (३६), जिम्बु चौधरी (३७), सितलाल तामाङ (४९) र वाङ तामाङ (३०) रहेका छन् ।
त्यसैगरी, कलैया उपमहानगरपालिका–२१ का देवचन्द्रप्रसाद चौधरी (५५) र रमेश साह (३१) पनि पक्राउ परेका हुन्।
पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।












प्रतिक्रिया