काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत शनिबार काग तिहार मनाइएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितिया पाँच दिनसम्म मनाइने यमपञ्चकअन्तर्गत शनिबार कागलाई यमदूतको रुपमा पूजा गरी मनाइएको हो ।
धार्मिक मान्यता अनुसार यमराजको सन्देशवाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिने गरिन्छ । कागले शुभ तथा अशुभ सन्देश पुर्याउँछ भन्ने मान्यता रहेकाले यस दिन कागलाई खानेकुरा दिने चलन छ ।
पंक्षीहरुमध्ये अति चंख र कहिलेकाहीँ दुष्ट्याईं गर्न समेत पछि नपर्ने पंक्षीको रुपमा काग परिचित रहिआएको छ ।
मानव समूदायलाई विभिन्न हिसाबले सहयोग पुर्याउने पशुपंक्षीलाई सम्मान र पूजा गर्ने हिन्दू परम्परा अनुसार पाँच दिनसम्म काग, कुकुर, गाई र गोरुको पूजा गर्ने चलन छ । विशेषगरी तिहारलाई फूल, बत्ती र रंगको पर्वको रुपमा लिइन्छ ।












प्रतिक्रिया