
सल्यान, २१ साउन । सल्यानको कपुरकोटमा अवरुद्ध सडक गाउँपालिकाको पहलमा खुलेको छ ।
सल्यानको कपुरकोट तरकारी उत्पादनका लागी प्रख्यात ठाँउ हो । यहाँ मौषमी तथा बेमौषमी तरकारी प्रशस्त मात्रामा उत्पादन हुन्छ ।
यस सिजनमा लगाईएको तरकारी किसानको खेतबारीमा नै कुहिन नदिन र तरकारीको बजार ब्यवस्थापन गर्न कपुरकोट गाउँपालिकाले बिषेश पहल गरेको छ ।
बर्षातका कारण गाउपालिकाका बिभिन्न ठाँउहरुमा रहेका ग्रामिण सडकहरु अबरुद्ध भएपछि गाउपालिकाले नै ती सडकहरुको पहिरो हटाएको छ । पहिरो हटाउन गाउपालिका अध्यक्ष भिम बहादुर सेन नै स्काभेटर सहित फिल्डमा खटिएका थिए । सडकमा पहिरो झरेर तथा रुख ढलेर कपुरकोट—गाढापानी हुदैँ फलाबाङ जोड्ने मोटर बाटो, खाली हुदैँ दहबन जोड्ने मोटरबाटो, कपुरकोट—रिम हुदैँ सिन्वाङ जोड्ने मोटरबाटो बन्द भएका थिए ।
स्थानियको माग र गाउपालिकाको पहलमा सडकमा झरेको पहिरो हटाईएको गाउपालिका अध्यक्ष भिम हादुर सेनले बताए । ‘गाउपालिका भित्र रहेका बिभिन्न सडकमा कतै पहिरो झरेको थियो, कतै रुख ढलेका थिए, सडक अबरुद्ध थिए, जसका कारण किसानले उत्पादन गरेको तरकारी बजार सम्म लैजान समस्या थियो, किसानले मेहेनत गरेर उत्पादन गरेको तरकारी खेतबारीमा नै नकुहियोस भनेर पहिरो हटाईएको हो’उनले भने ।
उनले मलंगबार कपुरकोटमा लाग्ने हाट बजारलाई मध्य नजर गरेर पहिरो हटाईएको बताए । उनले भने ‘मलंगबार कपुरकोटमा हाट बजार लाग्दै छ । गाँउका किसानहरुले उत्पादन गरेको तरकारी बजार सम्म ल्याउन समस्या छ । त्यसैले गाडी सञ्चालन गर्नका लागी हामीले यो काम गरेका हौँ ।’ उनले मोटरबाटो मर्मतको लागी गाउपालिकाले कपुरकोट—गाढापानी हुदैँ फलाबाङ जोड्ने मोटरबाटो, खाली हुदैँ दहबन जोड्ने मोटरबाटो, कपुरकोट— रिम हुदैँ सिन्वाङ जोड्ने मोटरबाटोमा २÷२ जनाका दरले सडक कामदार राखिएको बताए ।
अध्यक्ष सेनले ग्रामिण सडकहरुको पहिरो हटाएसँगै गाउपालिका भित्रका ग्रामिण सडकहरु गाडी सञ्चालन गर्न योग्य भएको बताए । उनले कपुरकोट क्षेत्रमा उत्पादन हुने तरकारीको उत्पादन तथा बजारीकरणको लागी पनि गाउपालिकाले बिषेश काम गर्दै आएको बताए । कपुरकोट क्षेत्रबाट मात्रै एक सिजनमा २८ करोड भन्दा बढिको ताजा तरकारी निकासी हुने गर्दछ ।












प्रतिक्रिया